पूर्व श्री राजकीय गणेशको प्रवज्याभिषेक (बरेछुयेगु) सम्पन्न
२९ माघ २०७८, काठमाडौं ।
पूर्व श्री राजकीय गणेश श्री संवेग शाक्यको प्रवज्याभिषेक हिजो यहाँ सम्पन्न भएको छ ।

धर्मचक्र महाविहार, वंतुमा गत २६ गते बुधबार ग्वय्दां राखी शुरु भएको सो प्रवज्यासंवर कार्यक्रम अन्तर्गत २७ गते विहीबार दुस (अधिवासन) सम्पन्न भएको थियो ।

त्यस्तै आगामी फागुन २ गते स्वयम्भुस्थित शान्तिपुरमा आचाःलुइगु, संघ प्रवेश, होम्पिदनेगु आदि कार्यक्रम गरिने छ ।

वि.सं. २०६७ सालमा श्री राजकीय गणेश भएका श्री संवेग शाक्यको पहिलो रथारोहण वि.सं. २०६७ सालमा भएको थियो भने वि.सं. २०७७ सालमा उहाँले श्री गणेशको पदबाट संन्यास लिएका थिए ।
उहाँसँगै सोही महाविहारका उज्जन शाक्य र नुगः शाक्यको पनि प्रवज्यासंवर सम्पन्न भएको सो कार्यक्रममा प्रा. नरेशमान बज्राचार्य, विजेन्द्र बज्राचार्य र मञ्जुश्री बज्राचार्यले मूलाचार्य एवं उपाध्यायहरुको भूमिका निर्वाह गरेका थिए ।
