राजनीतिस्थानिय समाचार

विविध माग सहित मशाल जुलुस प्रदर्शन

१८ माघ २०७८ ।

उद्धव खड्गी, काठमाडौं ।

नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

हिजो काठमाडौंको कलंकीमा मसाल जुलुस प्रदर्शन पश्चात उक्त जुलुस कोणसभामा सभामा परिणत भएको थियो ।

कोणसभामा वक्ताहरुले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु पर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बर्खास्त गर्नु पर्ने, इन्धन लगायत सामग्रीमा भएको मूल्य वृद्धि फिर्ता गर्नु पर्ने, प्रशासनिक क्षेत्रका कामलाई सहज बनाउनु पर्ने लगायतका माग राख्दै मसाल जुलुसबाट आन्दोलनको सुरुआत गरेको बताए ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला कमिटीका इन्चार्ज शिव कुमार महर्जनको नेतृत्वमा सम्पन्न उक्त मशाल जुलुसमा काठमाडौं क्षेत्र नं. ८, ९ र १० का युवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *