स्थानिय समाचार

ज्यापु महानगर पञ्चनारायण महर्जनको नेतृत्वमा

२६ पौष २०७८, काठमाडौं ।

ज्यापु जातिको विकासको लागि अनवरतरुपमा क्रियाशील रही ज्यापु जातिको सेवाको लागि सदैव समर्पित रहने बाचा गरेका गोफः त्वाःका नायः पञ्च नारायण महर्जन ज्यापु महागुथि नेपाः येँ महानगर समितिको अध्यक्षमा अत्यधिक बहुमतका साथ निर्वाचित भएका छन् ।

हिजो सम्पन्न ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशनको बन्द सत्र पछिको प्रजातान्त्रिक निर्वाचन प्रक्रियामा उहाँले ३६० मत प्राप्त गरेका थिए भने आफ्ना निकटतम प्रतिद्वन्द्वी नरदेवीका न्हुच्छेकाजी महर्जनले १७१ मत प्राप्त गरेका थिए र अर्का प्रत्यासी वतुःत्वाका सुरेन्द्र महर्जनले ८ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा किलाघः त्वाःका मचाराजा महर्जन ३२४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी शर्मिला सुवाल डंगोलले २०६ मत प्राप्त गरेका थिए । यसैगरी कोषाध्यक्षमा भिमसेनस्थानका जुजुकाजी महर्जनले ३६१ मत प्राप्त गरी विजयी भएका थिए उनका प्रतिद्वन्द्वी राजु रत्न महर्जनले १२४ मत प्राप्त गरेका थिए ।

नयाँ नेतृत्वको लागि भएको उक्त निर्वाचनमा महिला उपाध्यक्षमा त्यंघःत्वाःका नानीहेरा महर्जन प्रजापति, सहसचिवमा भलननिका रजिना डंगोल तथा सह–कोषाध्यक्षमा न्हय्मुन्हय्त्वाका नानिहिरा महर्जन निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै उपाध्यक्षमा कृष्ण नारायण महर्जन तथा सदस्यहरुमा श्याम कृष्ण प्रजापति, राजन महर्जन, श्रीकृष्ण महर्जन, कृष्ण महर्जन, मचाराजा महर्जन, श्याम महर्जन, कुलनारायण डंगोल, सूर्यमान महर्जन, दिनेश महर्जन र महिला सदस्यहरुमा विद्यालक्ष्मी डंगोल, बिमला महर्जन (डंगोल), कमला महर्जन, सजनी महर्जन र सुनिता महर्जन डंगोल सर्वसम्मतिमा चयन गरिएका छन् ।

एकीकृत अधिवेशन अन्तर्गत गत शनिबार बसन्तपुरमा भव्य उद्घाटन सम्पन्न भएकाे थियो । सो समारोहमा परम्परागत ६३ टोलका ज्यापु समुदायको धिमे बाजाको सामुहिक प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा अतिथिहरुद्वारा सामुहिक रुपमा महानगरको स्मारिका विमोचन गरिएको थियो भने ज्यापु महानगर समितिलाई सहयोग एवं सद्भाव राख्ने खलः पुचःहरुलाई सम्मान पनि गरिएको थियो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *