खेल

एभरेष्ट मार्शल आर्ट्सका खेलाडीहरुलाई ट्रयाक सुट, ब्याग र जाकेट हस्तान्तरण

२६ पाैष २०७८ ।

एभरेष्ट मार्शल आर्ट्सका खेलाडीहरुलाई नेपाली कांग्रेस प्रदेश प्रमुख क्षेत्र नं ९का मोहन बस्नेत, प्रदेश सचिव श्रावण कुमार तथा समाज सेवी र पूर्व खेलाडी राजु सिंहले खेलाडीहरुलाई ट्रयाक सुट, ब्याग र जाकेट हस्तान्तरण गरेका छन् ।

मेटावाे पावर टुल्स नेपालका लागि आधिकारिक बितरक कुसुम इन्जिनियरिङ इन्टरप्राइजेज एण्ड ट्रेडका प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्रमुख राजेश प्रधानले संयुक्तरूपमा एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि २५ जोर ट्रयाक उपलब्ध गराएका थिए।

कलंकीस्थित एभरेष्ट मार्शल आर्ट्स क्लबमा सम्पन्न उक्त कार्यक्रममा क्लबका अध्यक्ष रञ्जित रिजाल र प्रमुख प्रशिक्षक रवि शाहीको पनि उपस्थिति रहेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *