समृद्धि स्कूलमा कराँते सेमिनार सम्पन्न
१२ पौष २०७८, काठमाडौ ।
समृद्धि स्कूलको आयोजनामा यहाँ कराँते सेमिनार सम्पन्न भएको छ ।
स्विडेनका नवौँ डान प्रशिक्षक सिहान अस्गार केसवार दोस्त तथा रबी शाहीले प्रशिक्षण लिएको सेमिनारमा १ सय ५० जना भन्दा बढी सहभागी थिए ।

कार्यक्रममा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ, निर्देशक चन्द्र मान महर्जन, भाइस प्रिन्सिपल जलन महर्जन एवं दीपेन्द्र उप्रेती, विकास शाही र दिनेश महर्जन लगायतको उपस्थिति रहेको थियो ।
उक्त कराँते सेमिनारमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
