एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरु सम्मानित
११ पुष २०७८, काठमाडाैं ।
परम्परागत ३२ टोलमध्येको यूतुननि त्वाः खलःको आठौं तथा नवौं वार्षिक साधारण सभा र एस.ई.ई. सम्मान कार्यक्रम हिजो यहाँ सम्पन्न भयो ।

का.म.पा.का मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पूर्व राज्यमन्त्री तथा ज्यापु संस्कृति विकास कोषका संरक्षक तीर्थराम डंगोल, आदिवासी ज्यापु संघका अध्यक्ष सुवर्णमान डंगोल, ज्यापु महागुथि महानगर समितिका अध्यक्ष बाबुराजा महर्जन, का.म.पा. २१ वडाका महिला सदस्य ज्ञानु महर्जन लगायत यूतुननि त्वाःखलःका थाकुलि, गुरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा यूतुननी त्वाःखलःमा आवद्ध रही वि.सं. २०७६ साल र २०७७ सालमा एस.ई.ई. उत्तीर्ण गरेका विद्यार्थी भाईबहिनीहरुलाई सम्मान सहित मायाको चिनो वितरण गरिएको थियो ।
