हरिसिद्धि बन्द यथावत
२९ मंंसिर २०७८ ।
बि.के. जल्मी, हरिसिद्धि, ललितपुर ।
सडक विस्तार र स्तरोन्नतिको नाममा हरिसिद्धि ललितपुरको मुख्य बाटो खनि खाल्डाखुल्डी त्यतिकै छोडी जनतालाई धुलो धुवाँ खान बाध्य पारिएकोमा गत केही हप्ता अगाडि स्थानिय वडाध्यक्षहरु र जनताको पहलमा हरिसिद्धिको मुख्य बाटो बन्द गरिएकोमा अल्टीमेटम सहित सहमती पश्चात बाटोको खाल्डाखुल्डी पुरी सडक कालोपत्रे गर्ने कार्य शुरु गरिएको थियो ।
दिइएको अल्टीमेटमको समयावधिमा हरिसिद्धिको बाटो कालोपत्रे नगरेको विरोधमा हिजोबाट हरसिद्धिबासी पुनः आन्दोलित भएका छन् ।

हिजो सडकमै वडाध्यक्षले आफ्नो कार्यालय स्थापना गरी बाटोमै काम सम्पादन गरेको थियो ।
साँझ १० बजेसम्म सम्बन्धित पक्षसँग वार्ता गरी काम शुरु गरिएकोमा आज बिहानैबाट पुनः काम शुरु गर्ने भनिएपनि अहिलेसम्म काम शुरु नभएकोले बन्द यथावत गरिएको ल.पु.म.न.पा. वडा नं. २८ का वडाध्यक्ष राजेश महर्जनले जानकारी दिएका छन् ।

स्थानिय जनताको एउटै माग छ, धुलो धुवाँ बन्द गरियोस् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –