सम्पदास्थानिय समाचार

लखतिर्थ दिप (चिहान)काे पुनःनिर्माण तथा जिर्णाेद्धार सम्पन्न

२६ मंसिर २०७८ ।
काठमाडाैं ।
काठमाडौँ महानगरपालिका १५ वडा लखतिर्थमा अवस्थित दुइसय वर्षभन्दा पुरानाे दिप लखतिर्थ दिप (चिहान)काे पुनःनिर्माण तथा जिर्णाेद्धार सम्पन्न भएकाे छ । श्री अशाेक विनायक गुथिकाे पहलमा लखतिर्थ दिप सुधार तथा जीर्णाेद्धार समितिबाट उक्त अमूल्य सम्पदाकाे पुनर्निर्माण तथा जिर्णाेद्धार भएकाे हाे ।
मसानकाे पुनःनिर्माण तथा जिर्णाेद्धार सम्पन्न भएकाे उपलक्ष्यमा आज एक समाराेहकाे बीच चन्दादाता एवं सहयाेग गर्ने स्थानीयहरूकाे नामअंकित शिलापत्र तथा संस्कृति एवं सम्पदाका विभिन्न लेख समेटेर समितिकाे आर्थिक विवरण सहित प्रकाशित लखतिर्थ दिप (मसान) स्मारिका पनि लाेकार्पण भएकाे छ ।
समितिका सल्लाहकार जेष्ठ नागरिक एवं समाजसेवी सुवर्णमान डंगाेलकाे मुख्य आतिथ्यमा बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई दिप संरक्षण तथा सुधार गर्ने कार्यमा हातेमालाे गरेकाेमा सम्मान पत्र, दाेसल्ला तथा मायाकाे चिनाे प्रदान गरिएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय समिति सदस्य तथा काठमाडाैं ८ नं क्षेत्रका संघीय सांसद जीवन राम श्रेष्ठ, कामपा १५ वडा अध्यक्ष एवं काठमाडाैं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगाेल, ज्यापु संस्कृति विकास काेषका अध्यक्ष मंगल सिंह, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जनलगायतले आर्थिक एवं भाैतिक रूपमा सहयाेग गर्ने महानुभावहरूलाइ सम्मान एवं मतिनाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा जीर्णाेद्धार समितिले प्रकाशन गरेकाे स्मारिका प्रमुख अतिथि सुवर्णमान डंगाेल र संघीय सांसद जीवनराम श्रेष्ठले संयुक्त रूपमा विमाेचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा आफ्नाे मन्तब्य राख्ने क्रममा सांसद जीवन राम श्रेष्ठले एतिहासिक इतिहास बाेकेका सम्पदाकाे संरक्षण समयमा नगरे हराएर जान सक्ने  बताउनु भयाे।
‘हामि सस्कृति र सम्पदासँग प्रत्यक्ष जोडिएका छौं। मृत्यु संस्कारको परम्परा हाम्राे संस्कारसँग जोडिएर रहेको छ। मृत्यु दाहसंस्कार गर्ने दिप (चिहान )को सम्रक्षण गर्न सके हाम्राे परम्परा जोगिन्छ।’ श्रेष्ठले भन्नुभयाे, ‘दिप (चिहान ) लाइ नयाँ बैज्ञानिक ढंगको रुपान्तरण गर्दै लजानु पर्ने समयको आवश्यकता हाे ।’
मन्तब्य राख्ने क्रममा कामपा प्रवक्ता एवं १५ वडाध्यक्ष इश्वरमान डंगाेलले दिप संरक्षण तथा जिर्णाेद्धार कार्य स्थानीय माेडलमा भएकाे बताउनुभयाे । उहाँले श्री अशाेक विनायक गुथि निभाएकाे भुमिका एवं सुरूवात समयमा सहयाेग गर्नुहुने चन्द्र मान सिंह सम्झनुभयाे ।
‘मानव जीवनकाे अन्तिम लक्ष्य भनेकै यही दिप हाे, र यहि दिप बनाउन सबैले अपनत्व देखाएकाेमा सामाजिक प्राणी स्थानीय नागरिकहरूले मानव जीवनकाे परम्परागत मुल्य मान्यतालाइ समाजमा नमुनाकाे रूपमा प्रस्तुत गरेकाे छ ’ उहाँले भन्नुभयाे ।
संसद बिकास कोष तथा विभिन्न दाताहरुको चन्दा सहयोगमा करिव दुइ सय बर्ष भन्दा पुरानो  इतिहास रहेको लखतिर्थ दिप (चिहान) जीर्णोंध्दार गरि पुनः निर्माण भएको हाे।
दिप (चिहान)लाइ नयाँ बैज्ञानिक पद्दतिमा बनाउने कार्य भइरहेको लखतिर्थ दिप (चिहान) सुधार तथा जीर्णोंध्दार समितिले जनाएको छ।
तस्वीर © अरविन्द्र मान सिं

Leave a Reply

Your email address will not be published. Required fields are marked *