जात्रा पर्वफाेटाे फिचरसंस्कृति

हरसिद्धिको १२ बर्षे जात्रा अन्तर्गत स्वाँ तपुली प्याखँ सम्पन्न

२१ कार्तिक २०७८, काठमाडौं ।

हरसिद्धि त्रिशक्ति भवानीको १२ वर्षे जात्रा अन्तर्गत गत कार्तिक १२ गते उपत्यकाका विभिन्न ११ स्थानमा पीठ साधना पूजा सम्पन्न गरिए पश्चात हिजो पहिलो पटक नाच निकालिएको छ ।

१२ वर्षे जात्रा अन्तर्गत हिजो किजापुजाको दिन हरिसिद्धि मन्दिर अगाडि मुख्य डबलीमा बिना ख्वापा (मुकुण्डाे) नाच निकालिएको हो । यस नाचमा मुकुण्डाेकाे बदलामा फूलको पगडी लगाई सम्पूर्ण देवगणले पालैपालो नृत्य प्रस्तुत गरेका थिए जुन स्वाँ तपुली प्याखँका नामले प्रसिद्ध रहेको छ ।

हरेक वर्ष योमरी पुन्ही र होली पुन्हीको दिनमा यहाँ दिन रात नाच प्रस्तुत हुने हुन्छ भने हरेक बाह्र वर्षमा एक पटक किजापुजाको दिनमा मात्र यो नृत्य प्रस्तुत गरिन्छ ।

जात्रामा उल्लेख्य मात्रामा भक्तजनको उपस्थिति रहेको थियो ।

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *