महानगर समाचारसम्पदा

विष्णुमती नदी सरसफाई अभियान सुरु

काठमाडौं, २ बैशाख २०७८ ।

विष्णुमति सरसफाई अभियानको आयोजनामा तथा संघीय सांसद माननीय जीवनराम श्रेष्ठको अगुवाइमा हिजो नववर्ष २०७८ को पहिलो दिन विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाई अभियान शुरु भएको छ ।

हिजो बैशाख १ गतेका दिनबाट दिन शोभा भगवती मन्दिरबाटबाट शुरु गरिएका यो सरसफाई अभियान हरेक महिनाको अन्तिम शनिबार सरसफाई अभियान सञ्चालन गरिनेछ । साथै निकट भविष्यमा यसलाई हरेक शनिबार गर्ने योजना पनि रहेको छ जसले काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको पहल भएको छ ।


कार्यक्रमको शुरुवातमा सानो मन्तव्य राख्दै सांसद श्रेष्ठले जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाई हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने यस सरसफाई महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गर्न पाएकोमा गौरवान्वित महशुस भएको बताए ।


‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’

खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।


विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक, पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *