का.म.पा. १५ मा युवा संघ गठन

काठमाडौं, २२ चैत्र २०७७ ।

जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिव सुन्दर वैद्यको प्रमुख आतिथ्यतामा हिजो नेकपा एमाले १५ वडा कमिटीद्वारा युवा भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि वैद्यले अहिलेको राजनितिको परिस्थितिको बारेमा केही कुरा राख्दै युवाहरुको निमित्त सरकारबाट भइरहेको स्वरोजगारको विषयमा स्पष्ट पार्नु भयो ।

उक्त कार्यक्रममा किसन डंगोलको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय युवा संघ १५ वडा कमिटी पनि गठन गरिएको थियो भने कार्यक्रममै संघका स्थायी कमिटी सदस्य शिवकुमार महर्जनले वहाँहरुलाई सपथ ग्रहण पनि गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *