मनाेरञ्जन

वरिष्ठ गीतकार हरि गोपाल प्रधान विश्व कीर्तिमान राख्न सफल

काठमाडौं, १६ चैत्र २०७७ ।

वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो साङ्गेतिक एल्बल “यो मुटुमा सधैभरि” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार (३६,०००) फिटको उचाईमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एल्बमको विमोचन गरेका थिए ।

सम्माननीय उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजिम कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनज्यूको बाहुलीबाट विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ट गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण गरियो ।


माननीय शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला, वल्र्ड बुक अफ रकेर्डस्को पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए । उक्त साङ्गितिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटोपत्रकार÷मोडल प्रदीप राज वन्त र नायिका मोडल कृजना डंगोल, सिनोमटोग्राफर÷सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्या लक्ष्मी ख्डगीको रहेको छ ।

संसारमा कसैले नगरेको काम गरि विश्व रेकर्ड बनाउने काम आफैमा गा¥हो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको भन्दै सम्माननीय उपराष्ट्रपतिज्यूले बधाई ज्ञापन गरे भने शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गितिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताउँदै मन्त्री मानन्धरले बधाई दिए । वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कट्वालले गीतकार हरिगोपाल प्रधानको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहिर गरे भने गीतकार प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताए ।

उक्त एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर/प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर/प्रोडक्सन पद्यमसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ्ग, मेघना महर्जन, निलम तामाङ्ग, नेहा महर्जन, सिंगार हिमा पुन मगर, सिंगार मनु थापा मगर,रेखा बलामी, प्रोडक्सन मेनेजर निकेश सुवेदी र निर्माता शब्दयात्रा प्रकाशन, परिवार रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *