महानगर समाचारशिक्षा

नेवाः पत्रकारद्वारा कामपाका मेयर र उपमेयरलाई अभिनन्दन गरिने

काठमाडौं, ८ चैत्र २०७७ ।

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आगामी चैत्र २८ गते नागरिक अभिनन्दन गर्ने भएको छ ।

त्यस्तै उक्त कार्यक्रममा स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीका’ तयार गर्ने शिक्षा विभाग, पाठ्यक्रम निर्माण समिति लगायत विज्ञहरुलाई पनि सम्मान गरिनेछ ।

दबूले जारी गरेको एक विज्ञप्ती अनुसार नेपालको संविधानले दिएको मातृभाषा, संस्कृति र सम्पदा संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनका मौलिक हक कार्यान्वयन गर्ने क्रममा नयाँ शिक्षा नीति अनुसार कक्षा आठसम्म स्थानीय विषय समावेश गरी स्थानीय भाषाबाटै ‘येँ देय् म्हसीका’ पाठ्यक्रम तयार गरी लागू गर्न लागेको र जसले गर्दा नयाँ रोजगारीका अवसरहरु सृजना भएको खुशियालीमा मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ एवं काठमाडौं महानगरपालिकालाई नेपालभाषा, नेवाः संस्कृति एवं सम्पदा संरक्षणमा महानगरको योगदानको कदर गर्दै जनस्तरबाट सम्मान गर्न लागेको हो ।

उक्त कार्यक्रम सफल बनाउन सम्पूर्ण नेवाः खलः, पुचः, संघ, संस्थालाई हातेमालो गर्न पनि विज्ञप्तीमा आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *