कलासमाचारसाहित्य

शब्दयात्रा प्रकाशन, बनेपाबाट विभिन्न विधामा सम्मानित

काभ्रे, २३ फागुन २०७७ ।

शब्दयात्रा प्रकाशन, अक्षरधाम, बनेपाको आयोजनामा सम्मान समर्पण समारोह हिजो शनिबार  बनेपा, काभ्रेमा सम्पन्न् भयाे । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विधामा १८ जना व्यक्तित्वहरु सम्मानित गरिए भने २ पुस्तकहरु कुँडिएका मनहरु र कुम्भेश्वर पनि सार्वजनिक गरिएको थियो ।

शब्दयात्रा प्रकाशन, अक्षरधाम, बनेपाबाट हरेक वर्ष विभिन्न विधाकाहरुलाई समाहित गरेर ९ विधालाई जेठ महिनामा र अर्को ९ विधामा मंसीर महिनामा गरी जम्मा १८ जना सम्मानित गरिएकाे थियाे । कोभिडका कारण जेठ र मंसीर महिनाको गरी १८ विधाका सम्मानहरु एकैपटक प्रदान गरियो ।

सो समारोहमा कवि तुलसी दिवसलाई (कविताकाव्य), आमसंचारविज्ञ यादव खरेल (आमसंचार) सम्मान, मूर्तिकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली (राष्ट्रझंकार), डा जगमान गुरुङ (अनुसन्धान), डा.मनप्रसाद वाग्ले (शिक्षा), प्रकाश मास्के (फोटो पत्रकारिता), सरस्वती शर्मा जिज्ञासु (नवमाधुरी साहित्यीक पत्रिका), प्रजापति तिमिल्सिना (सिर्जना), पदम दाहाल (स्तम्भकार), एक्कुमाया पुन (शिक्षक), जीवनचन्द्र कोइराला (शोध), प्रमोद प्रधान (बालसाहित्य), डा.योगेन्द्रभक्त मल्ल श्रेष्ठ (सामाजिक जागरण), डा. योगी विकासानन्द (आध्यात्मिक पत्रकारिता), डा. अरुणा उप्रेती (महिला प्रतिभा), देवीप्रसाद चापागाई (विज्ञान प्रविधि), हिरण्य कुमारी पाठक (प्रशासनिक महिला प्रतिभा), दधिराज सुवेदी (समालोचना) विधामा सम्मानित गरियो ।

उक्त समारोहमा किरण त्रिपाठी पन्तद्वारा लिखित कुँडिएका मनहरु कवितासंग्रह र नवीना श्रेष्ठद्वारा लिखित कुम्भेश्वर पुस्तक पनि सार्वजनिक गरिएको थियो । यसरी हालसम्म शब्दयात्रा प्रकाशनबाट १ सय ५२ पुस्तकहरु प्रकाशित गरिसकेका छन् । सार्वजनिक पुस्तकहरुका बारेमा विवेचना प्रकाशनका निर्देशक कृष्णमणि कुइँकेलले गर्नुभएको थियो ।

आधुनिक धुलिखेलका परिकल्पनाकार बेलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शब्दयात्रा प्रकाशनका निर्देशक हरि गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष हरि मञ्जीश्रीले कार्यक्रमको संचालन गरे थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *