मनाेरञ्जन

नेपालभासाको नयाँ म्युजिक भिडियो “धुकुपिकू क्यने छन्त….” सार्वजनिक

काठमाडौं, २३ फागुन २०७७ ।

चर्चित एवं व्यस्त कलाकारद्वय आराध्यालक्ष्मी खड्गी र रुपेन श्रेष्ठ थक्वामि अभिनित नेपालभासाको नयाँ म्यूजिक भिडियो आज एक कार्यक्रम बिच वरिष्ठ गायक भृगुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सार्वजनिक गरियो ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा वरिष्ठ गायक भृगुराम श्रेष्ठले २०१० सालमा नेपालभासाको चर्चित गित राजमति कुमति गीत पूर्णरुपमा लिपिबद्ध गरेको संस्मरण सुनाउँदै आफू कसरी गायक भएँ आफैंलाई थाहै नभएको बताए । आफूलाई अझै गाउने इच्छा र आकांक्षा भए पनि त्यस्तो समय नभएको बताउँदै नयाँ पुस्ताले नेपालभासाका गीत र संगीतमा दिएको योगदानको लागि हार्दिक कृतज्ञता ज्ञापन गरे ।

कार्यक्रममा सिने पत्रकार विजय रत्न असंबरेले सार्वजनिक गरिएको गीतको निर्देशन र सम्पादनमा भएका कमि कमजोरीलाई औंल्याउँदै पुरानो र नयाँको सम्मिश्रण भएमा नेपालभासाको गीत संगीत अझ राम्रो हुने बताए ।

कार्यक्रममा एक समयका चर्चित गायक प्रवेशमान शाक्यले नेपालभासा गीत संगीतमा नयाँ प्रवाह शुरु भएको विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा यस गीतमा आवद्ध कलाकार, निर्देशक, रचनाकार, गायक, संगितकार लगायतले गीत रेकर्डिङ्गदेखि म्यूजिक भिडियो तयार हुँदासम्म भएका गतिविधिहरुका बारेमा चर्चा गर्दै वहाँहरुको अमूल्य योगदानको कदर गर्दै सम्पूर्ण टिमका सदस्यहरुलाई धन्यवाद दिए ।

विकास रत्न कंसाकारको शब्द, ताराराम मुनकर्मिको स्वर तथा अनिल तुलाधरको संगित र संगित संयोजन रहेको सो गितको म्यूजिक भिडियोमा इकिसा कर्माचार्य, उत्कृष्ट श्रेष्ठ, आश्मा उलक, वीस मानन्धर र सविना नापितको पनि अभिनय रहेको छ ।

पवन जोशीको निर्देशनमा तयार भएको सो म्यूजिक भिडियोको छायांकन र सम्पादन सोहन मानन्धरले गरेका थिए भने कोरियोग्राफीमा आराध्यालक्ष्मी खड्गी, श्रृंगारमा उमिसा पाण्डे र सनम कुमार श्रेष्ठ तथा स्टिल फोटोग्राफीमा न्हुच्छेमान डंगोल तथा भेषभुषामा राइट स्टेप्स र गिफ्ट नेपाल रहेका छन् ।

उक्त गीतका गायक ताराराम मुनकर्मिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केही विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अर्चना मुनकर्मिले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन अनुप शाक्यले गरेका थिए ।

उक्त गीतको म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *