खेलस्थानिय समाचार

बसन्तपुरमा बुदोकैदो कराँते प्रतियोगिता आज सम्पन्न हुँदै

काठमाडौं, २२ फागुन २०७७ ।

नेपाल बुदोकैदो फूल कन्टाक्ट एसोशियसनको आयोजनामा १५ औं राष्ट्रिय बुदोकैदो फूल कन्टाक्ट कराँते तथा पहिलो प्रेमकला श्रेष्ठ मेमोरियल कप च्याम्पियनशिप २०२१ हिजोबाट यहाँ शुरु भएको छ ।

फागुन २१ र २२ गते दुई दिन संचालन हुने साे प्रतियाेगिता अन्तर्गत हिजो प्रारम्भिक चरणका खेलहरु सम्पन्न भए भने आज फाइनल चरणका खेलहरु हुनेछन् ।

का.म.पा.का मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा फाइनल प्रतिस्पर्धाका खेलहरु आज सम्पन्न गरी एक समापन कार्यक्रमका बिच विजयी खेलाडी तथा टिमहरूलाई शिल्ड, पदक र प्रमाणपत्र वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *