स्थानिय समाचारस्वास्थ्य

१८ औं पटकको रक्तदान सम्पन्न

काठमाडौं, २२ फागुन २०७७ ।

“रक्तदान जीवनदान, स्वच्छ मन, स्वस्थ तनको नारा” सहित काठमाडौ न्यूरो एण्ड जनरल हस्पिटल, सुन्धाराको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी, ब्लड ट्रान्सफ्युजन सेन्टर, खिचापोखरी न्यूरोड बिजिनेस एसोसियसन तथा नेपाल होटल व्यवसाय समाजको सहकार्यमा हिजो अस्पताल परिसरमा एक रक्तदान कार्यक्रम सम्पन्न भयो ।

हस्पिटलका अनुसार हस्पिटलले हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम संचालन गरिंदै छ । हिजो सम्पन्न रक्तदान कार्यक्रम १८ औं पटकको भएको रहेको छ ।

उक्त रक्तदान कार्यक्रममा ३१ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । जसमा महिला स्वयंसेवी रक्तदाताको संख्या ७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *