रत्नकेतु महाविहार (झ्वाबहाः) काे प्रवज्या संबर अन्तर्गत आज दुसः अर्थात् अधिबाशन सम्पन्न

काठमाडौं, ७ फागुन २०७७ ।

रत्नकेतु महाविहार (झ्वाबहाः) को जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा हिजोबाट यहाँ प्रबज्या संबर कार्यक्रम शुरु भएको छ ।

सो प्रबज्या संबर अर्थात नेपालभाषामा बरे छुयेगु कार्यक्रममा झ्वाबहाःका नवयुवक बज्राचार्यहरु चक्रपाणि (दिनेशमान र विन्दिरा बज्राचार्यका पुत्र), रिकेश (किशोक र सुनिता बज्राचार्यका सुपुत्र), सम्यकमान (कृष्णमान र सविना बज्राचार्यका सुपुत्र), विशेष (दिपक र बविता बज्राचार्यका सुपुत्र), मोनासमानन्द (मोनिसमानन्द र झरना बज्राचार्यका सुपुत्र) र संकल्पमान (कृष्णमान र सविना बज्राचार्यका सुपुत्र) गरी ६ जनाको सहभागिता रहेको छ । फागुन ५ गते ग्वय् दां तयेगु (अध्येषणा) सम्पन्न भएको थियो भने आज फागुन ७ गते दुसः (अधिबाशन) सम्पन्न भयो ।

जिसिं आजु गुठीका थकालीहरुबाट अधिाबासन (दुसः) गरियो भने भोली फागुन ८ गते सो कार्यक्रम अन्तर्गत मुख्य कार्यक्रम मूल (प्रबज्या) कार्यक्रम भब्य र धुमधामका साथ गरिनेछ । तत्पश्चात आचाः लुइगु, थःने पुँई संघ प्रवेश, होम्पि दनेगु र बिसर्जन समारोहका कार्यक्रम पश्चात प्रबज्या संबर कार्यक्रम सम्पन्न हुनेछ ।

आज सम्पन्न अधिबाशन अर्थात दुसः पश्चात यसमा सहभागी युवाहरु कार्यक्रम नसकिएसम्म शुद्धि रहनु पर्नेछ जस अन्तर्गत नून बार्ने, छालाबाट बनेका जुत्ता नलगाउने आदि नियमहरु रहेका छन् ।

यस कार्यक्रमको लागि गुठीबाट प्रा. डा. नरेशमान बज्राचार्यलाई मूलाचार्यमा र उपाध्यायमा दिपेन्द्र बज्राचार्यलाई नियुक्त गरिएको छ । उहाँहरुले कार्यक्रममा सम्पूर्ण पूजोपासना गरी प्रबज्या संबर कार्यक्रम सम्पन्न गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *