महानगर समाचार

कामपा १५ मा पुस ५ को कदमकाे विरोधमा तीन दिने हस्ताक्षर संकलन अभियान

काठमाडाैं, ९ फागुन २०७७ ।

प्रतिनिधि सभा विघटनको विरोधमा गत शुक्रबार काठमाडौं महानगरपालिका -१५ मा हस्ताक्षर संकलन गरिएको छ।

प्रतिनिधि सभा विघटन असंबैधानिक र अलाेकतान्त्रिक कदमकाे विराेधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कामपा १५ वडा कमिटीले काेण सभा र हस्ताक्षर संकलन अभियान संचालन गरेको हो ।

राष्ट्रियता, लाेकतन्त्र र संविधानकाे रक्षाका लागि प्रतिगमनकारी कदम बिरूद्ध सशक्त रूपमा तीन दिन वडाका बिभिन्न स्थानहरू हस्ताक्षर संकलन गरिने नेकपा १५ वडा कमिटीका अध्यक्ष राजा शाक्यले बताएका छन् ।

कोणसभामा बाेल्दै काठमाडाैं जिल्ला कमिटी सदस्य एवम् कामपा १५ वडाका अध्यक्ष तथा कामपा प्रवक्ता ईश्वरमान डंगाेलले राष्ट्रघात हुने गरी पुष ५ गते भएको संघीय संसद बिघटन गरी कू को संज्ञा दिदै यस बिरूद्ध सम्पूर्ण जनता एक भएर लाग्न आग्रह गरेका थिए ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा महानगर ईन्चार्ज जीवनराम श्रेष्ठ सहितका वक्ताहरूले पुस ५ को कदमकाे विरोधमा आफ्नो मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *