मनाेरञ्जनमहानगर समाचार

पूर्णकाजी ज्यापूका गीतहरुको बिमोचन सम्पन्न

काठमाडौं, २ फागुन २०७७ ।

चःमति नेवाः खलः, चःमति बहुउद्देश्यीय सहकारी संस्था लि. र चःमति मिसा खलःको आयोजनामा हिजो शनिबार यहाँ चःमति त्वाः जः मुना, लसता तुच्चा र पूर्णकाजी ज्यापूद्वारा लेखिएका ‘चःमति ज्याथः क्यबचाय्’ लगायत ‘ब्याहा याय् मखना’, ‘गनं गथे’ र ‘झ्यालय् च्वना’ बोलका नेपालभाषाका गीतहरुसँगै ‘अय् भ्वासिम्ह भाजु’, ‘चाकुमाकु धाःगु’ र ‘छद्वः निद्वः स्वद्वः’का म्यूजिक भिडियोहरुको पनि विमोचन सम्पन्न भयो ।

गीतकार पूर्णकाजी ज्यापूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा राज्यमन्त्री रामबीर मानन्धर, अतिथिको रुपमा १५ वडाका वडाध्यक्ष इश्वरमान डंगोल लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संगितकार जूगल डंगोल र सुरेन्द्र श्रेष्ठको संगीत रहेको उक्त गीतहरुमा सतिस महर्जन, सानुबाबु महर्जन, जुजुकाजी रन्जित, नरेश डंगोल, रबिनसन्स कसाः, माणिक शाही, दिपा महर्जन, रत्न शोभा महर्जन, कल्पना श्रेष्ठ, सुमन मानन्धर, रोजी महर्जन र सरिता शाहीले चःमति ज्याथ क्यबचाय्मा स्वर दिएका छन् भने पूर्णकाजी ज्यापू, कल्पना श्रेष्ठ र सतिस महर्जनले अन्य गीतहरुमा स्वर दिएका छन् ।

त्यस्तै म्यूजिक भिडियोमा गीतकार पूर्णकाजी ज्यापू, आराध्यलक्ष्मी खड्गी, रेश्मी महर्जन लगायतको अभिनय रहेको छ । गीतकारकै परिकल्पना र निर्देशनमा तयार भएका ती म्यूजिक भिडियोको छायांकन तथा सम्पादनमा सोहन मानन्धर रहेको छ ।

कार्यक्रममा विमोचित गीतहरु प्रस्तुत गरेका थिए भने कलाकारहरुले आकर्षक नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *