आज वर्तमान श्री भैरव रुजन शाक्यलाई विदाई गरी नयाँ श्री भैरव कर्सनव शाक्यलाई स्थापना गरियो
पुष ४, काठमाडौं ।
शरण डंगोल
काठमाडौं उपत्यकाको भव्य र उल्लासमयरुपमा पितृकाे सम्झनामा आठ दिनसम्म मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्वोत्सव येँयाः को एक भव्य आकर्षणको रुपमा रहेको रथ जात्रामा जात्रा गरिने जिवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई समय, परिस्थिति र उमेरका कारण प्रतिस्थापन गरिंदै आएको छ ।
केही वर्ष अघि श्री कुमारीलाई प्रतिस्थापन गरिएको थियो भने हिजो श्री गणेशलाई प्रतिस्थापन गरियो भने आज श्री भैरवलाई प्रतिस्थापन गरियो ।


२०६५ सालमा श्री भैरवमा स्थापना गरिएका वर्तमान श्री भैरव रुजन शाक्यलाई आज एक विशेष पूजा आजा सहित विदाई गरियो । तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्यद्वारा श्री भैरवको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरिएको हो ।
वहाँको स्थानमा नयाँ श्री भैरव कर्सनव शाक्यलाई पनि उद्धव मान कर्माचार्यद्वारा नै श्री भैरवको कोहिती स्थित निवासमा आजै श्री भैरवको आशनमा विराजमान गराई एक विशेष पूजा आजा सहित स्थापना गरियो ।


आज स्थापना गरिएका श्री भैरव कीर्तिपुण्य महाविहार, कोहितीका रत्नसुमंगल शाक्य र कान्छी शाक्यका नाति हुनुहुन्छ भने ज्ञानुप शाक्य र मनिला शाक्यका सुपुत्र हुनुहुन्छ ।
श्री भैरवलाई विदाई गर्दा र नयाँ भैरव स्थापना गर्दाकाे भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् –