जात्रा पर्वसंस्कृति

आज वर्तमान श्री गणेश सम्वेग शाक्यलाई विदाई गरी नयाँ श्री गणेश रोदिन मान शाक्यलाई स्थापना गरियो

पुष ३, काठमाडौं ।

२०६७ सालमा श्री गणेशमा स्थापना गरिएका वर्तमान श्री गणेश सम्वेग शाक्यलाई आज एक विशेष पूजा आजा सहित विदाई गरियो ।

तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्यद्वारा श्री गणेशको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरिएको हो ।

 

वहाँको स्थानमा नयाँ श्री गणेश रोदिन मान शाक्यलाई पनि उद्धव मान कर्माचार्यद्वारा नै नयाँ श्री गणेशको निवासमा आजै श्री गणेशको आशनमा विराजमान गराई एक विशेष पूजा आजा सहित स्थापना गरियो ।

नयाँ श्री गणेश एकमान शाक्य र सत्यदेवी शाक्यका नाति हुनुहुन्छ भने दिनेशमान शाक्य र रोजि शाक्यका सुपुत्र हुनुहुन्छ ।

भोलि वर्तमान श्री भैरवलाई विदाई गरी नयाँ भैरव स्थापना गरिने छ ।

भिडिया हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *