नेपालभासाको गीत “गुलि न्ह्याईपुसे च्वं” को भिडियो लोकार्पण सम्पन्न
मंसिर १९, काठमाडौं ।
ख्याली जुजु मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा आज काठमाडौंमा “गुलि न्ह्याईपुसे च्वं” को भिडियो लाेकार्पण एक विशेष कार्यक्रमका बिच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले ठट्यौली पारामा गीतमा के राम्रो के नराम्रो खोज्नु पर्ने समयमा यस गीतमा नराम्रो भन्ने केही देखिएन सबै राम्रै राम्रो मात्र हेर्न पाएँ सुन्न पाएँ भन्दै जीवनमा गीत संगीतको स्थान सर्वोच्च रहेको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा साहित्यकार राजभाई जकमि, संगीतकार गोविन्द ह्यूमत, वरिष्ठ सिने पत्रकार विजय रत्न असंबरेले गीत संगीतका विषयमा आ–आफ्नो विचार व्यक्त गर्दै नेपालभासामा अर्को एक उत्कृष्ट भिडियो तयार गरेकोमा सम्पूर्ण टिमलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा गीतकार, संगितकार, गायिका लगायत कलाकार, निर्देशक, छायाँकार, परिकल्पनाकार लगायतले पनि आफ्नो भनाई राखेका थिए ।
गीतका स्रष्टा आनन्द बज्राचार्यंका शब्दहरुलाई राजु सिंहले संगीतबद्ध गरी जुगल डंगोलको संगीत संयोजन र सरिता शाहीको सुमधुर स्वरले सजिएको “गुलि न्ह्याईपुसे च्वं छ व जि” को भिडियोमा अभिनय गर्ने कलाकारहरु आराध्यलक्ष्मी खड्गी र किशोर चिपालुलाई परिकल्पनाकार दर्शन वीर शाक्यको परिकल्पनामा निर्देशक राजन शाहीको निर्देशनमा छायाँकन तथा सम्पादन मनोज रत्न शाहीको समूहले एक उत्कृष्ट मनोरञ्जक खुराक दर्शक सामु पस्केका छन् ।
“गुलि न्ह्याईपुसे च्वं” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः