जात्रा पर्वफाेटाे फिचरसंस्कृति

कार्तिक नाच सम्पन्न, नृसिंह भगवानले हिरण्यकश्यपुको बध गरे

मंसिर १५, ललितपुर ।

झण्डै ३८० वर्ष पुरानो ऐतिहासिक कात्ति प्याखं (कार्तिक नाच) कोरोना संक्रमणको जोखिमको कारणले दुई दिन मात्र अर्थात १२ गते बराह अवतार र १३ गते नृसिंह अवतार नाच प्रदर्शन गरि सम्पन्न गरेको छ ।

बराह अवतारमा असत्यको प्रतिक हिरण्याक्षलाई लिने गरिन्छ भने नृसिंह अवतारमा हिरण्यकश्यपुलाई असत्यको प्रतिकका रुपमा लिने गरिन्छ ।

भक्त प्रल्हादको रक्षार्थ अर्थात् धर्म रक्षाको लागि नृसिंह अवतार अवतरण भै हिरण्यकश्यपुलाई बध गरी सम्पूर्ण जगतको उद्धार गरेको कथानुसार सो नाचमा हिरण्यकश्यपुलाई बध गरेको दृश्य देखाइन्छ । न रात न दिन, न मनुष्य न जनावर, न जल न जमिन, न आकाश न धरती, न घर भित्र न घर बाहिर मार्न नपाईयोस् भन्ने आदि इत्यादि वरदान प्राप्त हिरण्यकश्यपुलाई बध गर्नको लागि नृसिंह अवतार लिएको प्रतित हुन्छ ।

कोभिड जोखिमका कारण नाच हुने स्थल यल लायकु क्षेत्रलाई सील गरी नाच संचालन गरिएको थियो भने ६० वर्ष भन्दा माथिका कलाकारहरुलाई नाचमा संलग्न गराइएको छैन ।

© Pujan Singh Suwal

 

© Pujan Singh Suwal

 

© Pujan Singh Suwal

 

© Abhishek Khadgi

 

© Abhishek Khadgi

 

© Abhishek Khadgi
© Pujan Singh Suwal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *