कोरोनाको बारेमा गुनासो गर्नु भन्दा यो रोगै लाग्न नदिई अस्पतालै जान नपर्ने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो – मेयर शाक्य
आश्विन २६, काठमाडौं ।
काठमाडौ महानगरका मेयर विद्या सुन्दर शाक्यले कामपा १४ कुलेश्वर मन्दिर क्षेत्रमा आज कुलेश्वर पार्कको शिलान्याश गर्नुभयो ।

शिलान्यास पछि सम्बोधन गर्दै मेयर शाक्यले भन्नुभयो – “कोरोनाको माहामारी छ । यसबाट बच्न र बचाउनु हामी सबैको दायित्व हो । कोरोनाको व्यवस्थापनका बारेमा गुनासो गर्नु भन्दा यो रोगै लाग्न नदिई अस्पतालै जान नपर्ने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो । यसमा तीनै तहका सरकार र जनता मिलेर जानु पर्छ ।”
मेयर शाक्यले १४ वडामा मात्रै पूर्वाधार तयारी एवं सम्पदा संस्कृति संरक्षणको लागि चालु आ.ब.मा २० करोड भन्दा बढी बजेट छुट्याइएको बताए ।

मेयर शाक्यले कामपाको १५ करोड आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण गर्न लागेको जानकारी गराए । जसको थालनी पशुपति क्षेत्र विकास कोषसँग छिट्टै सम्झौता गरी निर्माण शुरू हुने बताए ।
कार्यक्रममा संघिय सांसद कृष्णगाेपाल श्रेषठ, प्रदेश सांसद अजयक्रान्ती शाक्य लगायत कामपा १४ वडाका पदाधिकारीहरू र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

