“छु जुल रे…” नेपालभाषा गीतको युट्युव प्रिमियर सम्पन्न
आश्विन २७, काठमाडौं ।
दर्शन वीर शाक्यको शब्द, रत्नशोभा महर्जनको स्वर र जीवित जल्मीको संगीतमा तयार भएको “छु जुल रे…” नेपालभाषाको गीतको स्तरीय भिडियोको युट्युव प्रिमियर आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा गरियो ।

राजन शाहीको निर्देशनमा तयार भएको सो म्यूजिक भिडियोमा रुपेन्द्र श्रेष्ठ र रविना तुलाधरको मुख्य भूमिकामा अन्य थुप्रै नव प्रतिभा कलाकारहरुकोे उत्कृष्ट प्रस्तुती रहेको छ ।
नानी मैयाँ तुलाधर र राजेश महर्जन प्रोड्युसर रहेको उक्त नेपालभाषाको भिडियोको छायांकन र भिडियो सम्पादनको जिम्मा लिएका मनोज रत्न शाहीको मिहिनेतले सम्पूर्ण टिमको योगदानलाई न्याय दिएको छ ।
प्रिमियर कार्यक्रममा गीतकार दर्शन वीर शाक्यले गीत लेखेदेखिका आफ्ना अनुभवहरु सुनाउँदै म्यूजिक भिडियो तयार हुँदासम्म साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कलाकार रुपेन्द्र श्रेष्ठ र रविना तुलाधर, निर्देशक राजन शाही, भिडियो छायांकन तथा सम्पादन मनोज रत्न शाही, संगीतकार जीवित जल्मी, भिडियो छायांकन स्थल थेच्वका समाजसेवी नविन थेच्वमीले पनि टिमवर्कमा सँगसँगै काम गरी उत्कृष्ट भिडियो तयार गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

“छु जुल रे…” नेपालभाषाको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः