जात्रा पर्वमहानगर समाचारसंस्कृति

यँयाः पर्वको पहिलो दिन उपाकु सम्पन्न

भदौ १५, काठमाडौं ।

भदौ शुक्ल द्वादशीका दिनदेखि शुरु हुने यँयाः पर्व अर्थात् इन्द्रजात्राको पहिलो दिन विहान झण्डै ४ बजेदेखि ‘उपाकु’ यात्रा गरिएको छ ।

मृतात्माको मोक्षको लागि नेवाः समुदायबाट मानिने यँया पर्व अन्तर्गत यसिं ठड्याइए पछि सोही दिन साँझ सो वर्ष स्वर्गारोहण भएका परिवारबाट बाटोभरि काँचो माटोको दियो बाल्दै ‘उपाकु वनेगु’ गरिन्छ ।

यस वर्ष भने कोरोनाका कारण निषेधाज्ञा जारी भएको र जात्रा नमनाउने निर्णय भएको हुँदा विहानैदेखि मृतकका परिवारजनहरु उपाकुमा सामेल भएको देखिन्छ ।

लिच्छविकालमै सुरू भएको मानिने उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्गाकारको रहेको छ जुन काठमाडौंको भित्री शहरको बाहिरी रिङ्गरोड मानेमा कुनै अत्युक्ति नहोला । यी खड्गाकारको बाटोमा विभिन्न शक्तिपिथहरु समेत रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यँयाः पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरिन्छ । जात्रा अवधिभर जीवित देवी श्री कुमारी, श्री गणेश, श्री भैरवको रथयात्रा गरिन्छ भने लाखे आजु, सवद्यः, पुलुकिसी (देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिक), दशअवतार, महाकाली नाच देखाउने गरिदै आएको छ । साथै जात्रा अवधिभर विभिन्न स्थानहरुमा इन्द्र, भैरवको मूर्ति लगायत अन्य मूर्ती र ग्वरः पनि प्रतिस्थापन गर्ने गरिन्छ ।  

उपाकुमा संलग्न मृतकका अाफन्तजनहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *