स्थानिय समाचार

उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बियो

भदाै १०, काठमाडाैं ।
उपत्यका लगायत देशभर कोभिड संक्रमणको बढ्दो उच्च जोखिमसंग उपत्यकामा जोखिम रोक्न यसअघि अत्यावश्यक बाहेकका सवै सेवा स्थगन गरेका काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताको लागि थप गरिएको छ । यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले भाद्र १० गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशलाइ थप एक साता लम्ब्याउने निर्णय गरेको हो । प्रस्तुत निर्णयसंगै उपत्यकामा भाद्र १७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय सञ्चालनमा रोक लागेको छ। गत भाद्र ३ गते मध्यरातदेखि जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ ।

उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले निषेधाज्ञा जारी गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको दाबी सहित २० बुँदे सूचना जारी गर्दै थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । मंगलबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ ।

त्यस्तै निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिनेछ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू ९:१५ बजे सम्म खुला रहनेछ । त्यस पछिका समयमा कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *