समाचारस्थानिय समाचार

भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा

भदाै ३, काठमाडाैं ।
उपत्यका लगायत देशभर कोभिड संक्रमणको बढ्दो उच्च जोखिमसंग उपत्यकामा जोखिम रोक्न यसअघि अत्यावश्यक बाहेकका सवै सेवा स्थगन गरेका काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेबाट लागू हुनेगरि साताव्यापी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
उपत्यकाका ३ वटै प्रशासनका अधिकारी, तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको साँझ अवेरसम्म जारी बैठकले संक्रामक रोग ऐन, २०२०दफा २ र स्थानीय स्थानीय प्रशासन ऐन २०२८को दफा ६को ३ वमोजिम १७ बँदे निषेधको सूचना जारी गर्दै बुधबार मध्यरात्रीबाट भाद्र १० गतेसम्म साताव्यापी अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न निषेध गरेको छ । त्यस्तै भीडभाड हुने कुनैपनि किसिमका गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न, दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यापार व्यवसाय र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद लगायतका यावत क्रियाकलाप माथि रोक लगाईएको छ । त्यस्तै सर्वसाधारणको अनावश्यक आवतजावतलाई पनि निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *