शिक्षास्थानिय समाचार

२१ वडा व्यापी १५औं एसईई सम्मान कार्यक्रम सम्पन्न

१६ श्रावण २०८३, काठमाडौं ।
बाकुननी पुचःको आयोजनामा कामपाको सहकार्यमा २१ वडा व्यापी १५औं एसईई सम्मान कार्यक्रम हिजो यहाँ सम्पन्न भएकोे छ ।

संघीय सांसद कुल भक्त शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा २१ वडाका ५० एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा १५ जना भाग्यशाली विद्यार्थीहरुलाई थप सम्मान गर्नुको साथै सहयोगी हातहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद नुरज बज्राचार्य, कामपाका पूर्व मेयर विद्यासुन्दर शाक्य, २१ वडाका वडाध्यक्ष उदय चुडामणी बज्राचार्य लगायत वडासदस्यहरु एवं विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बाकुननी पुचःका अध्यक्ष गौतम प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुचःका उपाध्यक्ष कविन्द्र महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।

२१ वडा स्थायी बसोबास भै यस वर्षको एसइई परीक्षा उत्तीर्ण गरी सम्मानित हुनुहुने विद्यार्थीहरुमा सक्षम महर्जन, महेक शाक्य, सुस्मी राजवंशी, प्रजुन बज्राचार्य, मोनिया रंजितकार, आरुष कारंजित, असलिना मानन्धर, रोमन शाक्य, सुप्रिना कारंजित, अर्नभ शाक्य, कश्बि डंगोल, श्रीजल महर्जन, सन्जिना महर्जन, जेस्लिन रंजित, रिजु महर्जन, अनुष्का डंगोल, पलिशा महर्जन, कपिस मान खड्गी, बिशेस साही, क्रिजल मानन्धर, रिजेन महर्जन, समज्ञ राजोपाध्याय, तपस्या शाक्य, सुयोग महर्जन, सुप्रिना डंगोल, बिकेश महर्जन, प्रसन्न प्रधान, अस्मृत डंगोल, रिहाना शाही, सुयस थापा, सिदेश खड्गी, रोजलिन खड्गी, प्रणिल शाही, आर्याना रंजित, लुनिभा शाहि, सरुण महर्जन, श्रीयान्स देवला, श्रेनिल शाक्य, करुष प्रशाद जोशी, राहुल हाङ्ग लिम्बु, एकेन्द्र बुढाथोकी, भुमि कारंजित, जज्ञासा श्रेष्ठ, अनय शाही, दिक्षा श्रेष्ठ, कृतिका रंजित, सान्सु महर्जन, आयुषा श्रेष्ठ, साइमन रंजित र महिमा शाक्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *