कलाकार खड्गीलाई बढाई दिन पुगे वरिष्ठ कलाकर्मीहरु
माघ २०, २०८२ ।
गत माघ १७ गते प्रतिभावान कलाकार आराध्या लक्ष्मी खड्गीको जन्म दिनको शुभसाईतमा आराध्याबाट अभिनित एवं निर्देशित म्युजिक भिडियोहरु १००+ पुगेको उपलक्ष्यमा संगीत, कलाकर्मी, चलचित्रकर्मी तथा संचारकर्मीहरुबाट बधाई तथा शुभ कामना प्रदान कार्यकम हर्षोल्लासकासाथ सम्पन्न भयो ।
उक्त समारोहमा हास्यसम्राट मदनकृष्ण श्रेष्ठ लगायत वरिष्ठ गीत, संगीत, चलचित्र कलाकर्मीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

सानै उमेरदेखि कला क्षेत्रमा समर्पित कलाकार खडगी एक दशकदेखि अभिनय र नृत्यमा मात्र सिमित नरही गायन क्षेत्रमा पनि आफ्ना केही पाइला अघि सारिसकेकी छिन् ।
कलाकार खड्गी वर्ल्ड बुक अफ रिकर्डस् होल्डर लण्डनबाट म्यूजिक भिडियोतर्फको कलाकार र कोरियोग्राफीको सम्मान लगायत अन्य विभिन्न पुरस्कार तथा सम्मानहरुबाट सुशोभित भैसकेकी छिन् ।
कार्यक्रममा कलाकार खड्गीले कलाक्षेत्रमा अघि बढ्न प्रेरणा र प्रोत्साहन दिनुहुने माता, पिता लगायत सम्पूर्ण ज्ञात अज्ञात व्यक्तित्वहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा खड्गीद्वारा अभिनित कला यात्रा सम्वन्धी जानकारीमूलक भिडियोको पनि प्रदर्शन गरिएको थियो ।