कलाकर्मीहरुको उत्कृष्ट प्रदर्शनी सहित कला दबू–२ सम्पन्न
२५ माघ, २०८२ ।
सुर तालसँगै शिक्षाको यात्राको नारा दिंदै दि नेवार्सको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. १ को सहकार्यमा कला दबू–२ हिजो भव्यताका सम्पन्न भयो ।
ललितपुर वडा नं. १ को बाल क्लबबाट श्री गणेशको नृत्यबाट शुरु भएको कार्यक्रममा महावीर मंका खलःबाट कथि कासाः नृत्य, चिरपरिचित कलाकारहरुबाट मिक्स नेवाः नृत्य तथा पोखराबाट पहिलो पटक उपत्यकामा तायः मचाः नृत्य प्रस्तुत गरिएको थियो । साथै टेप्टेशनन ब्याण्ड, माइनस ब्याण्ड, एकाए ब्याण्ड, साउण्ड एण्ड ब्लायक अफ ब्याण्ड, प्रिजल नेपाली एण्ड सरर ब्याण्ड, निभा डंगोल र सिद्धार्थ श्रेष्ठ तथा उजन शाक्यको उत्कृष्ट सांगितीक प्रस्तुती रहेको थियो ।











कार्यक्रमस्थलमा विविध खाद्यबस्तु तथा अन्य घरेलु उत्पादनहरुको स्टल पनि राखिएको थियो ।
दि नेवार्सका विवेक तण्डुकारले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हातेमालो गर्ने संघसंस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखे ।
