शिक्षास्थानिय समाचार

चनपा १५ स्थित विष्णुदेवी मा.वि.को भवन शिलान्याश सम्पन्न, १५ महिनामा तयार हुने

काठमाडौं, २५ फागुन २०७७ ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताउँदै वि.सं. २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्ने गरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताउनुभयो । उहाँले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताउनुभयो ।

चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको विद्यालय भवनको शिलान्यास मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गर्नुभएको थियो । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पार्नुभयो । २०७२ सालको विनाशकारी भुकम्पबाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुनःनिर्माणमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए ।

भारतले करिब ७० विद्यालय पुनःनिर्माण गरीरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दै शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व सरकारको भएको बताउनुभएको छ । उहाँले अभिभावकले विदेशमा सरकारी व्द्यिालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै काउन्सीलर शर्माले नेपालको विद्यालय पुनःनिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने बचनबद्धता व्यक्त गर्दै नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ । उहाले भारतले विद्यालय पुनःनिर्माण बाहेक सम्पदा पुनः निर्माणमा समेत सहयोग गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा ९ नम्बर प्रदेश सांसद केशव पोखरेल, वडा अध्यक्ष उत्तम राउत, विद्यालयका प्रधानाध्यापक दीवाकर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी लगायतले बोल्नुभएको थियो ।

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपिया लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *