जात्रा पर्वसंस्कृति

आर्यावलाेकितेश्वर (सेतो मत्स्येन्द्रनाथ)को महास्नान सम्पन्न

१४ पौष २०८२, काठमाडौं ।
जनबहाद्यः धलिं लुइगु (सेतो मत्स्येन्द्रनाथको महास्नान) हिजो पौष शुक्लपक्ष पोहेलाथ्व अष्टमीका दिन केलटोल स्थित जनबहालमा सम्पन्न।
जनबहाल स्थित सेतो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको महास्नान मण्डपमा तान्त्रिक पूजाआजा पश्चात् सेतो मत्स्येन्द्रनाथलाई विराजमान गराई भव्य महास्नान गरिएको थियो ।
महास्नान दर्शनको लागि गत वडादशैंमा प्रतिस्थापित गरिएका राजकिय श्री कुमारीको कुमारी घरबाट पहिलाेपटक जनबहाल यात्रा गराइएको थियो ।
महास्नानको लागि गत आइतबार गुरुजुहरुद्वारा शोभा भगवती स्थित निर्मल तीर्थबाट तान्त्रिक पूजा आजा गरी जलघडाहरुलाई मन्दिरमा प्रवेश गराइएको थियो ।
तस्बिर © शरण डङ्गोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *