जात्रा पर्वफाेटाे फिचरसंस्कृति

श्वेतकालीको १२ वर्षे बनेपा जात्रा भव्य रूपमा सम्पन्न

२३ कार्तिक २०८२, काठमाडौं ।
शरण डंगोल ।
कामपा १८ वडामा रहेको श्वेतकालीको १२ वर्षे जात्रा अन्तर्गत कार्तिक २०, २१ र २२ गते बनेपाको लायकु डबलीमा भव्य रूपमा सम्पन्न भएको छ ।
२० गते दिउँसो देव घरबाट निस्केका देवगण र गुथियारहरू बनेपामा पुगेका थिए । बनेपाको तला पुखु शिर गणेश मन्दिरमा गोप्य तान्त्रिक पूजा सम्पन्न भएपछि त्यहाँबाट देवगणहरू लायकु डबलीमा प्रवेश पछि त्यहाँ चाःच्वनेगु प्याखँ अर्थात् रात्रीको नाच झन्डै राती ३ बजे सम्पन्न भएपछि सो दिनको नाच सम्पन्न भएको थियो ।
यसै वर्षदेखि पहिले रोक लगाइएको पोसः बियेगु कार्यक्रमको फोटो र भिडियो खिच्न यही डबलीबाट अनुमति दिइएको थियो ।
भोलिपल्ट २१ गते बिहानै सुथमाजु (लोकेश्वर)को नृत्यसँगै सुरु भएको न्हि प्याखँ चण्डेश्वरीबाट चण्डासुर दैत्यको वध पछि पूजा र पोसः बियेगु कार्यक्रम पश्चात् दोस्रो दिनको बाह्र वर्षे जात्राको कार्यक्रम सम्पन्न भएको थियो ।
२२ गते बिहान देवगण र गुथियारहरू बाजागाजा सहित चण्डेश्वरी मन्दिर परिसरमा चतुर्थी पूजा अर्थात् चण्डेश्वरी  र चण्डासुरको विशेष पूजा आजा पश्चात् देवगण र गुथियारहरूको काठमाडौंको देव घरमा फिर्ती सवारी पछि यस वर्षको बनेपाको १२ वर्षे जात्रा सम्पन्न भएको छ ।
जात्राको क्रममा स्थानीय जनता र स्थानीय सरकारको भरपुर सहयोग र उत्साहजनक सहभागिता रहेको थियो ।
https://www.youtube.com/watch?v=aR79xXsu3lY&t=55s
<iframe width=”791″ height=”445″ src=”https://www.youtube.com/embed/aR79xXsu3lY” title=”Shree Kumari, Swetkali 12 yrs festival at Banepa 2082″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Leave a Reply

Your email address will not be published. Required fields are marked *