देशमा उत्पन्न विषम परिस्थितिमा येँयाः पर्व सम्पन्न
२७ भदौ २०८२ । शरण डंगोल, काठमाडौं ।
गुठि संस्थानबाट प्रकाशन गरिएको योसिं ढाल्ने साइत भन्दा झण्डै पाँच घण्टा अगाडि नै इन्द्रध्वज पतन गरी बागमतीमा सेलाएपछि यस वर्षको येँया पर्व सम्पन्न भएको छ ।
नानिचा याःको दिन हुने सम्पूर्ण रथयात्रा क्षमापूजा मात्र गरी सम्पन्न गरियो । सो क्रममा श्री गणेश र श्री भैरवलाई कुमारी घर ल्याइएको थियो । साथै लाखे, पुलुकिसि, सवभकु, दिप्याखँ जात्रा पनि स्थानिय टोलमा मात्र सिमित गरीएको थियो ।
निशेधाज्ञा आदेश जारी भैरहेको विषम परिस्थितिमा नेपाली सेनाको निगरानीमा यस वर्षको येँया पर्व अन्तर्गत नानीचा याः सम्पन्न भएको हो ।
हेर्नुहाेस् फाेटाे फिचर











