संस्कृतिस्थानिय समाचार

जलविन मछली जस्तै जलविन मनुष्य पनि – संस्कृति शिराेमणी हरिराम जाेशी

१० साउन २०८२, शरण डंगोल, काठमाडौं ।

संस्कृति शिरोमणी हरिराम जोशीको प्रमुख आतिथ्यतामा संस्कृतिविद् निरणकुमार राजवंशीको नविनतम पुस्तक ‘जल संस्कृति र सम्पदा’ हिजो यहाँ एक कार्यक्रम विच लोकार्पण गरियो ।


कार्यक्रममा प्रमुख अतिथि जोशीले जलविन मछली जस्तै जलविन मनुष्य पनि हुने कुरा निश्चित छ । यसैले यस्तो महत्वपूर्ण विषयमा यहाँका प्रबुद्ध विद्वज्जनहरुका कृतिहरु उल्लेख्य रुपमा प्रकाशनमा नआउनु दुःखद् कुरा हो, यसलाई केही हदसम्म परिपूर्ति गर्नु भएका लेखक निरणकुमार धन्यवादका पात्र हुनु भएको बताउँदै जीवनको अन्तिम क्षणसम्म पनि जीवनबाट नहार्न सम्पूर्ण अध्यताहरुमा अनुरोध गर्नुभयो ।

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले जल र पानीको अर्थ केलाउँदै सदियौंदेखि निरन्तररुपमा चल्दै आएको जल संस्कृति हामीले विच्छेद गर्न नहुने प्रशंग केलाउँदै चोभार गल्छीलाई फराकिलो पार्न नहुने आफ्नो मत जाहेर गर्नुभयो ।


शहरी विकाश विज्ञ पद्मसुन्दर जोशीले लोकर्पित पुस्तकको विवेचनात्मक रुपमा पुस्तकका समिक्षा गर्नुभएको थियो । वहाँ आफूले उक्त पुस्तक पढेपछि जल संस्कृति र सम्पदाको विषयमा यो पुस्तक जल र पानीको विषयमा एक इन्साइक्लोपिडिया भएको ठहर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय संग्रहालय, छाउनीका प्रमुख अरुणा नकर्मीले स्वागत मन्तव्यको क्रममा आजैबाट यहाँ नेवार सम्प्रदायमा एक महिना लामो गुंला पर्व शुरु भएको छ, यो पर्व भनेको जलसँग सम्बन्धित पर्व भएको र आजकै पावन दिनमा यो पुस्तक लोकार्पण गरिएकोले लेखकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख डा. सुरेश सुरस श्रेष्ठको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *