पाेखरामा हिमाल युथ विज फेस्टिभल भव्य रूपमा सम्पन्न
१६ असार २०८२, पोखरा ।
हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखराको आयोजनामा सम्पन्न Himal Youth BIZ Festival 2082 ऐतिहासिक तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ५००० बढी दर्शक र सहभागीहरूको उपस्थिति रहेको थियो।
यस फेस्टिवलमा १५ ओटा फरक–फरक व्यापारिक स्टलहरू को व्यवस्था गरिएको थियो, जसमा मुख्य रूपमा नेपालमै सिर्जनात्मक र उत्कृष्ट कार्य गरिरहेका युवाहरू, व्यवसायिक समूहहरू तथा संस्थाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई व्यवसायिक अवधारणासँग परिचित गराउनुका साथै आफ्नै माटो र संस्कृतिप्रति अभिमान जगाउने अवसर पनि प्रदान गरेको कलेजले जनाएको छ। विद्यार्थीहरूले आफैं स्टल सञ्चालन गरी आत्मनिर्भरता, उद्यमशीलता र नेतृत्व क्षमताको अभ्यास गर्ने मौका पाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका खानेपानी तथा उर्जा मन्त्री श्री फरिन्द्र देवकोटीले मन्तव्यकाे क्रममा युवाहरूको यस्तो सिर्जनशील प्रयासले मात्र देशले दिगो आर्थिक समृद्धिको यात्रा सुरु गर्न क्सने बताउँदै प्रेरणादायी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाेमा हिमाल कलेज परिवारलाई धन्यवाद दिए ।
त्यसैगरी, वरिष्ठ अधिवक्ता तथा समाजिक अभियन्ता स्वागत नेपालले विद्यार्थी स्तरमै यस्ता व्यावसायिक र सिर्जनात्मक गतिविधिहरूले जिम्मेवार नागरिकको विकासमा मद्दत पुर्याउँने बताउँदै कलेजको यो प्रयास प्रशंसनीय रहेकाे बताए ।

वरिष्ठ पत्रकार मनोज सापकोटा, क्याम्पस प्रमुख बिकल रानाभाट, कार्यक्रम अध्यक्ष चेतनाथ भण्डारी लगायत व्यक्तित्वहरूले शुभकामना सन्देश राखेकाे थियाे ।
कार्यक्रममा Melodies Band द्वारा प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमले समग्र माहोललाई उत्साहपूर्ण बनाएको थियो। साथै तथा सांस्कृतिक झाँकी तथा ससाना बालबालिकाकाे नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।
हिमाल कलेजले यो कार्यक्रमलाई विद्यालय र कलेज तहमै व्यवसायिकता र उद्यमशीलताको सुरुवात गराउने ऐतिहासिक प्रयासका रूपमा लिएको छ।
