सज्जु मानन्धरको ‘सबैलाई छोडेर’ गीत झण्डै २५ वर्षपछि परिष्कृत रुपमा
२० जेठ २०८२, काठमाडौं ।
गायक तथा शिक्षक सज्जु मानन्धरको दुई दशक अघि रेकर्डिङ गरिएको ‘सबैलाई छोडेर’ गीतको रिमेक गरिएको म्यूजिक भिडियोको लोकार्पण हिजो यहाँ एक कार्यक्रम बिच वरिष्ठ गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।


उक्त गीतमा दुई दशकअघिका निर्देशक कृष्ण रुपाखेतीको निर्देशन र मुख्य भूमिकाका पुरुष कलाकार विन्दे महर्जनको सशक्त अभिनयलाई पुनः दोह-याइएको छ भने मुख्य भूमिकाका महिला कलाकारमा चिर परिचित नायिका प्रियंका कार्कीको अभिनय रहेको छ ।


गीतको शब्द डा. राजु मानन्धरको रहेको उक्त गीतको संगीत संयोजन जुगल डंगोलको रहेको सो म्यूजिक भिडियोको प्रस्तुतकर्तामा गणेशदेवी फाउण्डेसनका दिल बहादुर मानन्धर रहेका छन् ।


कार्यक्रममा अतिथिहरुले लोकार्पण गरिएको म्यूजिक भिडियो र पुरानो म्यूजिक भिडियोको बारेमा आफ्नो अनुभव सहितको शुभकामना मन्तव्य राखेका थिए भने म्यूजिक भिडियो टीमका सदस्यहरु मायाको चिनो प्रदान गरिएको थियो ।


म्यूजिक भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः