खेल

छैठौँ ताम्रकार फूटसल भोलिबाट

१५ चैत्र, २०८१, ललितपुर ।
खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यस वर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा हुने भएको छ । ललितपुरका विभिन्न समाजका खेलाडीहरुको सहभागी रहने उक्त प्रतियोगितामा खेलाडीहरुलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको कुरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


विगत पाँच संस्करण सफलता पूर्वक सम्पन्न गरे पश्चात छैठौँ संस्करणको प्रतियोगिताको लागी विभिन्न ६ वटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेको र तिनै कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका सत्तरी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन । टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के.सुन चांदी पसल, तिछुगल्ली स्टोर्स, दिल ह्याण्डीक्राफ्ट, ओरियन इलेक्ट्रीकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यू रहेका छन । विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन भने विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्रकारको परिवारद्वारा नगद पुरस्कारको प्रायोजन गरेको बताइएको छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रोमोस्नल भिडियो लगायतका कार्यहरु भइसकेको र प्रतियोगितामा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ ।
यस प्रतियोगिताका म्यान अफ द म्याच, एक्सीलेन्ट प्लेयर अन्य विविध विधामा पुरस्कारहरु तय गरिएका छन् भने मिडिया पार्टनरमा भिजन्स नेपाल, हाम्रो खेलकूद अनलाइन, लहना संचार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *