कलाकार आराध्यालक्ष्मी खड्गीका तीन म्यूजिक भिडियो सार्वजनिक
मतिना इन्टरटेनमेन्टको आयोजनामा वरिष्ठ सिने कलाकार चैत्यदेवी सिंहको प्रमुख आतिथ्यतामा कलाकार आराध्यालक्ष्मी अभिनित तथा निर्देशित तीन म्यूजिक भिडियोहरु “छंगु मतिना…..”, “लिक्क लिक्क वयेमते…” र “पानवती मैँचा” लोकार्पण गत हप्ता काठमाडाैंकाे विश्वज्याेती हलमा गरियो ।

विजयमान सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुरजलक्ष्मी खड्गीले स्वागत गरेका थिए भने अतिथिहरु लोककवि राजभाई जकःमी, गायक जुजुकाजी रंजित, राजमती चलचित्रका राजमती हिलिसा महर्जन, नेपाली चलचित्रका अन्वेषक प्रकाश सायमी, सिने पत्रकार विजयरत्न असम्बरे लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लोकार्पण गरिएको म्यूजिक भिडियोसँग सम्बद्ध कलाकार तथा प्राविधिकहरुलाई सम्मान गरिएको थियो भने सहयोगी एवं पत्रकार मित्रहरुलाई पनि सम्मान गरिएको थियो ।

छंगु मतिनामा शब्द तथा संगीतमा राजकुमार मानन्धर, संगित संयोजनमा जुगल डंगोल, युगल गायन जोडीमा राजकुमार मानन्धर र निशा देशार रहेका छन् । म्यूजिक भिडियोमा आराध्यलक्ष्मीलाई विजयमान सिंहले साथ दिएका छन् भने कोरियोग्राफि, कन्सेप्ट तथा निर्देशन आराध्यलक्ष्मीकै रहेको छ ।
पानवती मैँचामा आराध्यालक्ष्मी र विजयमान सिंको अभिनय रहेको छ भने आनन्द बज्राचार्यको शब्द र अनिल तुलाधरको संगीत रहेको छ । लिक्क लिक्क वयेमते म्युजिक भिडियोलाई राजेशमान सिंहले निर्देशन गरेका छन् भने डबल शाक्य र रत्नशोभा महर्जनको स्वर रहेको छ ।
लोकार्पण गरिएका म्यूजिक भिडियोहरुमध्ये छंगु मतिना हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् अनि लाइक, कमेन्ट र शेयर पनि गर्नुहोस् ।
