लायन्स क्लब अफ ललितपुर ईलाईटकाे अध्यक्षमा प्रशान शाक्य
बैशाख १४, २०८०, ललितपुर ।
लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ S नेपाल अन्तर्गत , एरिया -१, बाट लायन्स क्लब अफ ललितपुर ईलाईट वर्ष २०२४।२५ को अध्यक्षमा प्रशान शाक्य चयन हुनु भएको छ।
शाक्य वर्ष २०२३–२४ को प्रथम उपाध्यक्ष समेत रहेका थिए ।
यसै गरी क्लबको प्रथम उपाध्यक्षमा सुनिता महर्जन, द्वितीय उपाध्यक्षमा रुज्जा बज्राचार्य, सचिवमा अजया महर्जन र कोषाध्यक्षमा रुजन लाल श्रेष्ठ चयन भएका छन् ।
यस्तै क्लबका संस्थापक (चार्टड)अध्यक्ष चिन्तन बज्राचार्यज्युलाई रिजन च्यरपर्शन र वर्ष २०२३।२४ का अध्यक्ष मनन बज्राचार्यज्युलाई डिस्ट्रिक कमिटि मेम्बरमा चयन गरिएको छ ।

सन् २०२२ मा स्थापना भएकाे यस क्लबले स्थापनाकालदेखिनै समाजिक सेवामा टेवा पुग्ने गरि स्वास्थ, शिक्षा, वातावरण लगायत विविध क्षेत्रमा लायन्स क्लब अफ ललितपुर ईलाईट क्लबले सेवा प्रदान गर्दै आईरहेको छ ।
नव निर्वाचित शाक्यज्युका अनुसार बिगतका दिनमा जस्तै समाजमा निरन्तर स्वास्थ तथा शिक्षा र वातावरण क्षेत्रमा सेवाप्रदान गर्दै नेपालमा लायन्सको सक्रियता निरन्तरता देखाईने प्रतिवद्धता जाहेर गर्नु भएको छ । नवनिर्वाचित पदाधिकारीले सन् २०२४ को जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान पदाधिकारीको कार्यकाल जुन अन्तिममा समाप्त हुनेछ ।