चक्रेश्वर फणीन्द्ररत्न वज्राचार्यज्यूको दुई पुस्तकहरुको लोकार्पण सम्पन्न
१३ फागुन, २०८०, काठमाडौं ।
वज्राचार्य क्लब, काठमाडौंको आयोजनामा चक्रेश्वर फणीन्द्ररत्न वज्राचार्यज्यूको दुई पुस्तकहरु “वज्राचार्य” र “येँ देयया महाविहार” को लोकार्पण तथा श्रद्धेय दीक्षा गुरुजु एवं गुरुमां सम्मान कार्यक्रम हिजो यहाँ सम्पन्न भयो ।

कामपाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा बागमती प्रदेशका सांसदहरु शैलेन्द्र वज्राचार्य र नुरज वज्राचार्य, कामपा ८ वडाया अध्यक्ष आशाराम संगत, बौद्ध विद्वान यज्ञमानपति वज्राचार्य, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य, धर्माेदय सभाका महासचिव सागरमान वज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखक वज्राचार्यज्यूले पुस्तक प्रकाशनको लागि सहयोग गर्ने कामपा र वज्राचार्य क्लबलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा गुरुजुबाट स्वस्तिवाचन तथा स–साना नानीहरुले चचा नृत्य पनि प्रस्तुत गरेका थिए ।