“ल्यायम्ह जुयाःवल जिला थौं” को म्यूजिक भिडियो लोकार्पण सम्पन्न
१५ पौष २०८० ।
नेपालभाषाको गीत “ल्यायम्ह जुयाःवल जिला थौं” को म्यूजिक भिडियो नेपाली चलचित्र जगतका समालोचक प्रकाश सायमीको प्रमुख आतिथ्यतामा हिजो लोकार्पण गरियो ।
गीत संगीत क्षेत्रमा एक समय सकृय व्यक्तित्व नविन महर्जन नेवाः मचाको उक्त नयाँ म्यूजिक भिडियोको निर्देशकमा बीके जल्मी रहेका छन् ।
नविन महर्जनको अभिनय रहेको उक्त म्यूजिक भिडियोमा सुनाकुथिका अन्य कलाकारहरु रेणु महर्जन, नरेश महर्जन, विकाश माली, डिकेस महर्जन लगायतको पनि अभिनय रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सायमीले प्रामाणिक रुपमा सुनाकुथि गीतसंगीतको उद्गमस्थल रहेको चर्चा गर्दै नेपालभाषाको गीत संगीतलाई अझ व्यापकतादिन हामी आफै लाग्नु पर्ने बताए ।
कार्यक्रममा सिने पत्रकार विजयरत्न असंबरे, निर्देशक रामकृष्ण खड्गी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक नविन महर्जन र गायिका संगिता शाक्यको युगल “गीत काल रे छं जिगु मन साला काल रे” पनि लोकर्पण गरिएको थियो ।