जात्रा पर्वसंस्कृति

अर्घाखाँची भैरव नाच काठमाडौंमा

२३ कार्तिक २०८०
शरण डंगोल, काठमाडौं ।

पश्चिम नेपालको अर्घाखाँची जिल्लाकाे नेवाः समाजद्वारा हरेक वर्ष कृष्णाष्टमीदेखि कार्तिक औँसीसम्म निकालिने भैरव नाच हिजो काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा प्रस्तुत गरियो ।

श्री भैरव, श्री कुमारी, श्री गणेश,  डाकिनीले नौ तालमा नृत्य प्रस्तुत गरेको सो नृत्यको क्रममा घोडा नाच, ताकुण्डली नाच, लाठी नाच, झाम्रे नाच, चरा नाच पनि प्रस्तुत गरेका थिए भने नृत्यको अन्तमा पूजा गरिएको थियो । स्थानीय भाषामा कालभैरव, राताे भैरव र सेताे भैरव भनी भैरव, कुमारी र गणेशलाई सम्बाेधन गरिन्छ भने यीनै देवगणकाे नृत्यलाई तीन भैरव नृत्य भनी सम्बाेधन गरिने गरिन्छ ।

श्री भैरव नाच व्यवस्थापन समितिका अध्यक्ष सुभाष श्रेष्ठका अनुसार सो नृत्य बलि पूजा पश्चात शुरुवात गरिन्छ भने अन्तमा पनि बलि पूजा पश्चात समाप्त गर्ने गरिन्छ ।

सो नृत्य प्रस्तुत गर्न मुन्धुम, मादल, झ्याली, ताः, झुर्मा, सहनाई र कर्नाल आदि बाद्यवादनको प्रयोग गरिएको पाइन्छ ।

यो नृत्य देशका विभिन्न स्थानमा प्रस्तुत गरिएको थियो भने विदेश भारतमा पनि यो नृत्य प्रस्तुत गरिएको थियो ।

 

https://vt.tiktok.com/ZSNyuaS6U/

Leave a Reply

Your email address will not be published. Required fields are marked *