जन प्रभातमा वृक्षारोपण
२२ जेठ २०८०, निरु महर्जन, काठमाडौं ।
विश्व वातावरण दिवसको अवसरमा का.म.पा. १३ स्थित जन प्रभात मा.वि.मा एक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय परिसरमा गरिएको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका औषधीय रुखका बिरुवाहरू रोपिएको थियो ।
वायु प्रदूषण व्यवस्थापन नागरिक सञ्जाल, काठमाडौंको आयोजनामा एन्फो लगायतका संघ संस्थाहरू, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि एवम् शुभेच्छुकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।




