जात्रा पर्वफाेटाे फिचरसंस्कृति

सिकाली १२ वर्षे जात्रा सुरु, हिजो दे भ्वय् सम्पन्न

२२ जेठ २०८०, ललितपुर ।
ललितपुरको खोकनामा अवस्थित श्री सिद्धीकाली देवी (सिकाली) को १२ वर्षे जात्रा सुरु भएको छ । १२ वर्षे जात्रामा प्रवेश गरेका ८ जना युवाले देवगणमा प्रवेश गरेको सुखद उपलक्ष्यमा हिजो यहाँ देय् भ्वय् खुवाइयो ।
४८ देवगण सहित करिब ७००० सर्वसाधारणलाई प्रसाद स्वरूप उक्त  देय् भ्वय खुवाइएको थियो ।
पहिले यसरी प्रसाद वितरण गर्न आजभन्दा करिब ४७ वर्ष अघि देवगणमा प्रवेश गरेका तत्कालीन एक युवाले तत् समयमा रु. ५ लाख खर्च गरेको स्मरण सुनाउँदै अब उप्रान्त ती नव प्रवेश गरेका युवा देवगणले पूर्ण नीति नियम पालना गर्नु पर्ने बताउनु भयो ।
हेर्नुहोस् खोकनाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको देय् भ्वय् का तस्बिरहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *