खेल

जैसीदेवल युथ क्लबले गरे आफ्ना खेलाडीहरुलाई सम्मान

१४ जेठ २०८०, काठमाडौं ।
जैसीदेवल युथ क्लबले क्लबको डोजाङबाट विभिन्न प्रतियोगितामा भाग लिई विजयी भएका खेलाडीहरुलाई हिजो एक सम्मान कार्यक्रमको आयोजना गरियो ।
कामपा १७ वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता नविन मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दोश्रो बागमती प्रदेश खेलकूद प्रतियोगिता तथा दोश्रो मदन भण्डारी तेक्वाण्डाे प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मान गरिएको थियो भने जैसीदेवल तेक्वान्दो डोजाङ जुनियर ग्रेडिङको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
प्रमुख अतिथि मानन्धरले जैशीदेवल युथ क्लब जस्ता संघ संस्थाहरुलाई बचाई राख्नु पर्छ नभए हामी पनि रहँदैनौं भन्दै आगामी दिनमा क्लबले गर्दै आएका विविध गतिविधि एवं खेलकूदका कार्यक्रमहरु संचालन गर्न स्थानीय सरकारको तर्फबाट बजेटको निरन्तरताको प्रयास भैरहेको बताउँदै आफ्नो व्यक्तिगत तर्फबाट रु. ३० हजार खाजाको लागि सहयोग गर्ने बचनबद्धता दिनुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष एवं डोजाङका प्रमुख प्रशिक्षक राजेश प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *