नेपालभाषामनाेरञ्जन

लुः निभा प्रोडक्सनको ब्यानरमा तीन नेपालभाषाका म्युजिक भिडियो सार्वजनिक

१० वैशाख २०८०, ललितपुर ।
लुः निभा प्रोडक्सनको ब्यानरमा तीन नेपालभाषाका म्युजिक भिडियो हिजो थान्सी नेवाः कटेज, हरसिद्धी, ललितपुरमा एक कार्यक्रम बिच सार्वजनिक गरियो ।
ख्याली जुजु मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपालभाषाका तीन म्युजिक भिडियोहरू “बुंगद्योःया जात्रा बले”, “जि छंगु गल्ली वया” र “सुथय् न्हापाँ लः का वःम्ह” को सार्वजनिक गरिएको थियो ।

 

आराध्यालक्ष्मी खड्गी, शोभा महर्जन, सुबि कायस्थ, सुरज नापित, किरण जोशी, अनुज शाक्य, नवीन थेच्वमी लगायतका कलाकारहरूको अभिनय रहेको सो म्युजिक भिडियोहरूको छायाँकन बाबुकाजी जल्मी र रविन डंगोलको रहेको छ ।
सुरज नापित, आराध्यालक्ष्मी खड्गी, सुजना बज्राचार्य र सुरज कपालीको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोहरूमा उमिसा पाण्डेको श्रृङ्गार एवं गिफ्ट नेपालको भेष भूषा रहेको छ भने निर्देशन बाबुकाजी जल्मीकाे रहेको छ ।

बाबुकाजी जल्मी, राकेश खुसु र विनाेद जल्मीका शब्दहरूमा स्वर राकेश खुसु, आशा नकर्मी, अशोक काके, निशा देशार र जीवित जल्मीको स्वर रहेको छ भने म्युजिक अरेन्जरमा जीवित जल्मी रहेको छ ।
कार्यक्रममा रेडियो नेपाल संगीत शाखा प्रमुख मनराजा नकर्मी, सिने पत्रकार विजय रत्न असंबरे, नेवाः पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सुरज वीर बज्राचार्य लगायतको उपस्थिति रहेको सो कार्यक्रममा म्युजिक भिडियोमा आबद्ध सदस्यहरू लगायत पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
म्युजिक भिडियो हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः
https://youtu.be/onthpTvhZ8Y
https://www.youtube.com/watch?v=onthpTvhZ8Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *