पर्यटनसम्पदास्थानिय समाचार

कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा हुने

२० श्रावण २०७९, काठमाडौं ।

कीर्तिपुरको ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको जगेर्ना तथा पर्यटन प्रबद्र्धनको लागि कीर्तिपुरमा आगामी श्रावण २७ गते शुक्रबारका दिन रात्रिकालीन सम्पदा यात्रा हुने भएको छ ।

परम्परागत रूपमा वर्षौँदेखि मनाउँदै आएको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको “बहाः चाः हिलेगु” पर्व अन्तर्गत जोशी ननी हेरिटेज होम्सको आयोजनामा सो रात्रिकालीन सम्पदा यात्रा हुनेछ ।

यस सम्पदा यात्रा अन्तर्गत कीर्तिपुरका मुख्य मुख्य ५३ स्थानहरूको अवलोकन गरिनेछ भने त्यहाँ रहेका सम्पदाहरूको बारेमा विस्तृत रूपमा सहभागीहरूलाई जानकारी गराइने छ ।

लिच्छबीकालदेखि नै सम्पन्न कीर्तिपुरका नेवार बस्ती, विहार, चैत्य र चोकसँग सम्बन्धित सभ्यताको अवलोकन गर्न पाउने सो सम्पदा यात्रामा प्रायः बन्द रहने वा प्रदर्शनीमा नराखिने बहाः बहीका देवीदेवताहरूको अवलोकन गर्न पाउने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *